आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेल जित्ने लक्ष्यसहित मैदान उत्रिएको **नेपाल महिला राष्ट्रिय क्रिकेट टोली**ले **नेदरल्यान्ड्स महिला राष्ट्रिय क्रिकेट टोली**बाट १४१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनायो। नेदरल्यान्ड्सका लागि कप्तान **बाबेट डे लिड**ले सर्वाधिक ४९ रन जोडिन्। **स्टेर कालिस**ले ३० रन बनाइन् भने **रोबिन रिके**ले १९ रन र **आइरिस ज्विलिङ**ले अविजित १४ रन बनाइन्।

१५ रनमै २ विकेट गुमाएपछि बाबेट र कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै पारी सम्हालेका थिए।

नेपालका लागि **रुबिना क्षेत्री**ले २ विकेट लिइन्। रिया शर्मा, सुमन विष्ट र **पूजा महतो**ले समान १–१ विकेट हात पारे।

यसअघि नेपाल पहिलो खेलमा **थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टोली**सँग पराजित भएको थियो। अब १४१ रनको लक्ष्य पछ्याउँदै नेपाल दोस्रो खेल जित्ने प्रयासमा रहनेछ।