धनगढीबाट बैतडी तर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साढे ९ बजे **पाटन नगरपालिका–८ अनारखोली**मा दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा तीन जना घाइते भएका छन्। **खोड्पे प्रहरी चौकी**का इन्चार्ज उदय सिंह खडायतका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको छ। घाइतेहरूको पनि परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टरमा चालकसहित चार जना सवार थिए। दुर्घटनामा ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।







प्रतिक्रिया