विराटनगरमा बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर–४ स्थित कञ्चनबारीमा बुधबार दिउँसो बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर–४ की स्थायी बासिन्दा ७५ वर्षीया डम्बरकुमारी नेपाल रहेको मोरङ प्रहरीले जनाएको छ।

कोशी लोकमार्गमा बाटो काट्ने क्रममा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। दिउँसो करिब ३ः१५ बजे भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीले ठक्कर दिने बस र चालक झापाका ३८ वर्षीय समिर लुइँटेललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।