भेनेजुएलाको सार्वभौमिकतामा चीनको समर्थनप्रति विदेश मन्त्री गिलको कृतज्ञता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भेनेजुएलाका विदेश मन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतहरूमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनले दिएको समर्थनप्रति देशको तर्फबाट कृतज्ञता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाउँदै गिलले अमेरिकी गतिविधिहरूले अन्तर्राष्ट्रिय कानून र भेनेजुएलाको सार्वभौमिकताको गम्भीर उल्लङ्घन गरेको भन्दै त्यसको चीनले कडा निन्दा गरेको उल्लेख गरेका छन्।

यसैबीच, बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सार्वभौम राज्य भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोत तथा आफ्नै भूभागभित्र सञ्चालन हुने सबै आर्थिक गतिविधिहरूमा पूर्ण र स्थायी सार्वभौमिकता राख्ने अधिकार भएको स्पष्ट पारे।

माओले संयुक्त राज्य अमेरिकाका अराजक कार्यहरूले अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन गर्दै भेनेजुएलाको सार्वभौमिकतामा हस्तक्षेप गरेको र त्यहाँका जनताको अधिकार कमजोर बनाएको आरोप लगाए। चीनले यस्ता गतिविधिहरूको कडा निन्दा गर्ने र भेनेजुएलाको वैध अधिकार तथा हितको समर्थन जारी राख्ने उनको भनाइ थियो।