नेप्से दोहोरो अंकले उक्लियो, कारोबार ४ अर्ब ७१ करोड नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेप्से सूचकांक बिहीबार दोहोरो अंकले बढेको छ। आज नेप्से १२.८३ अंकले बढेर २६२०.९२ विन्दुमा पुगेर बन्द भएको हो।

आजको कारोबारमा ३३६ कम्पनीका एक करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० रुपैयाँ पुगेको छ। अन्य समूह बाहेक बाँकी सबै क्षेत्रका सेयर मूल्य घटेका छन्।

आज विन नेपाल लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको सेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ। यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को सेयरमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा आज सबैभन्दा बढी एसवाई प्यानलको २३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्टको १३ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।