आजदेखि देशभरका भन्सार कार्यालयहरूमा जाँचपास प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ। भन्सार एजेन्ट महासङ्घको आह्वानमा सबै भन्सार कार्यालयहरूले सेवा बन्द गर्दै पेनडाउन सुरू गरेपछि देशमा आयात–निर्यातका सबै मालवस्तु रोकिएका छन्।
एजेन्टहरू संसदबाट पारित नयाँ भन्सार ऐनका केही प्रावधान अन्यायपूर्ण र अव्यवहारिक भएको भन्दै लामो समयदेखि सच्याउन माग गर्दै आएका थिए। तर सरकार पक्षले चासो नदेखाएपछि अन्तिम विकल्पका रूपमा जाँचपास नै रोक्नुपरेको महासङ्घले जनाएको छ।
महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार भन्सार ऐनमा रहेका अव्यवहारिक व्यवस्था, सर्भरमा देखिने निरन्तर समस्या तथा पेशागत हकहितका मुद्दालाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत देशव्यापी पेनडाउन गरिएको हो। विशेषतः दफा ७१ (झ) मा विद्युतीय प्रणालीमा कागजात अपलोड गर्दा ‘भुलवश’ भएको त्रुटिमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको कडा आपत्ति छ।
यसअघि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा पेनडाउन गरी चेतावनी दिइएको थियो। माग पूरा नभएपछि आन्दोलनलाई देशभर विस्तार गर्नुपरेको महासङ्घको भनाइ छ।







प्रतिक्रिया