आईपीएल २०२६: ३५० खेलाडीको लिलामी सूची सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि खेलाडी लिलामी सूची मंगलवार सार्वजनिक गरिएको छ। यस वर्षको सूचीमा कुल ३५० खेलाडीहरू समावेश छन्। दर्ता प्रक्रियामा १,३९० खेलाडीहरूले आवेदन दिएका थिए, जसमध्ये २४० भारतीय र ११० विदेशी गरी ३५० खेलाडी छनोट गरिएको आईपीएलको आधिकारिक वेबसाइटले जनाएको छ।

सूचीमा २२४ अनक्याप्ड भारतीय खेलाडी र १४ अनक्याप्ड विदेशी खेलाडी पनि छन्। आगामी डिसेम्बर १६ मा युएईको अबुधाबीमा लिलामी हुने कार्यक्रम तय गरिएको छ। भारतीय समय अनुसार लिलामी दिउँसो २:३० बजे सुरु हुनेछ।

यस वर्ष फ्रान्चाइजीहरूले कुल ७७ खाली स्लटका लागि प्रतिस्पर्धा गर्नेछन्, जसमा ३१ स्लट विदेशी खेलाडीका लागि आरक्षित गरिएको छ।