मंगलबार नेपालका स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १,००० रुपैयाँले घटेर २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार यो मूल्य २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने उल्टो बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतार–चढावसहित माग र आपूर्तिमा परेको प्रभावले मुलुकी बजारमा पनि मूल्य परिवर्तन देखिएको हो।







प्रतिक्रिया