नेप्से दोहोरो अंकले बढ्यो, सबै क्षेत्रको शेयर मूल्यमा वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेप्से बुधबार दोहोरो अंकले बढेको छ । नेप्से १०.८७ अंकले वृद्धि भई २६३३.७६ विन्दुमा पुगेको छ ।

आज ३४२ कम्पनीका एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँमा कारोबार भएका छन् । सबै क्षेत्रका शेयर मूल्यमा सकारात्मक वृद्धि देखिएको छ ।

आज एसवाई प्यानल र न्यादी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्योर इनर्जीको शेयर मूल्य ६.४७ प्रतिशतले बढेको छ । यस्तै, वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी ग्रीन भेन्चरको १७ करोड ७९ लाख रुपैयाँ र बन्दीपुर केबलकारको १५ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।