महिन्द्रा एण्ड महिन्द्राले आफ्नो नयाँ एसयूभी XUV7XO आगामी २०२६ जनवरी ५ मा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले यसअघि नयाँ एसयूभीको टिजर सार्वजनिक गरेको छ, जसमा नयाँ डिजाइनका हेडल्याम्प, परिमार्जित फ्रन्ट ग्रिल र कनेक्टेड हेडल्याम्प जस्ता विशेषताहरू देखिएका छन्।
कम्पनीको दाबी अनुसार, यस एसयूभीमा इन्जिन सेटअप अघिल्लो मोडल जस्तै कायम राखिएको छ, तर स्टाइलिङ र सुविधामा उल्लेखनीय सुधार गरिएको छ। नयाँ डिजाइनमा एरो-अप्टिमाइज गरिएको एलोय ह्वीील्स पनि समावेश गरिएको छ। यद्यपि, साइड प्रोफाइलमा कुनै परिवर्तन गरिएको छैन।
प्रिमियम सुविधाका रूपमा हरमन कार्डन अडियो सिस्टम, पछाडिको सिट मनोरञ्जनका लागि BYOD सुविधा, र अटो डिमिङ IRVM जस्ता विकल्पहरू पनि XUV7XO को प्याकेजमा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। अन्य विवरण र आधिकारिक मूल्य घोषणा भने कम्पनीले जनवरी ५ मा सार्वजनिक गर्नेछ।
यस नयाँ एसयूभीको आगमनले महिन्द्राको SUV लाइनअपमा थप प्रतिस्पर्धात्मक विकल्प थप्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया