दक्षिणी चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दक्षिणी चीनको गुआङ्गडोङ प्रान्त सान्टौमा चार तले आवासीय भवनमा मंगलबार राति आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। स्थानीय अग्निशमन विभागले राति १० बजेपछि आगो नियन्त्रणमा आएको जानकारी दिएको छ। घटनाले १५० वर्ग मिटर क्षेत्र प्रभावित भएको छ भने घाइते चार जनालाई अस्पतालमा उपचार भइरहेको छ। यसअघि गुआङ्गडोङ र हङकङका टावरहरूमा ठूलो आगलागी हुँदा १६० जनाको मृत्यु भइसकेको थियो। गत महिना हङकङमा आगलागीपछि चीनले उच्च भवनहरूमा सुरक्षा अभियान पनि चलाएको थियो।