नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई बहुविवाहको आरोपमा पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनको पत्नीको उजुरीका आधारमा अदालतबाट जारी पक्राउ पुर्जी कार्यान्वयन गर्दै उनलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। नेपालमाथि तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। यस क्रममा बहुविवाह सम्बन्धी थप प्रमाण संकलन र उनकी दोस्रो पत्नीको खोजी कार्य समेत भइरहेको उनले बताए।






प्रतिक्रिया