बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले मंसिर २४ गते ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले १८ दिने निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा खिच्ने भएको हो। राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउँसो २ बजे हुने छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन सक्नेछन्। निक्षेप दिन चाहने संस्थाले १० करोडभन्दा कम र ५ करोडभन्दा बढी रकममा भाग गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। यो निक्षेप संकलन उपकरणको ब्याज भुक्तानी आउँदो पुस १३ गते हुनेछ। हाल कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता बढी रहेको राष्ट्र बैंकले जनाएको छ।






प्रतिक्रिया