नेपाल स्टक एक्सचेञ्जमा नयाँ कम्पनी ‘एसवाई प्यानल’ सूचीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल स्टक एक्सचेञ्जमा नयाँ कम्पनी एसवाई प्यानल बुधबारदेखि सूचीकृत हुँदैछ।

कम्पनीको कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको छ, जसमा ४० प्रतिशत सेयर सर्वसाधारण समूहको र ६० प्रतिशत संस्थापकको रहेको छ।

मंगलबार एसवाई प्यानल र नेप्सेबीच सम्बन्धित सम्झौता भएको थियो। आईपीओमा भाग लिएका लगानीकर्ताका सेयर डिम्याट खातामा भइसकेको छ।

कम्पनीको कोड एसवाईपीएनएल रहेको छ। पहिलो कारोबारका लागि सेयरको मूल्य १०६.६१–३१९.८३ रुपैयाँ तोकिएको छ। पहिलो दिनको कारोबारपछि सेयरको मूल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्नेछ।

आरटीएस सेवा प्रभु क्यापिटलले उपलब्ध गराउनेछ।