साताको अन्तिम दिन नेप्से १०.४३ अंक उकालो, ६ अर्ब ६६ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ। बिहीबार दिनभरमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ। आजको कारोबारमा १३१ कम्पनीका सेयर मूल्य वृद्धि भए भने १२१ कम्पनीका सेयर घटेका छन्। त्यस्तै ६ कम्पनीका सेयर मूल्य स्थिर रहे। बजारमा सागर डिस्ट्रिलरीको सेयर बिक्री गर्ने लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने हिमस्टार कम्पनीका सेयर बेच्नेले अधिक घाटा व्यहोर्नुपर्‍यो। नेप्से वृद्धिसँगै वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापारबाहेक प्रायः सबै उपसूचकमा सुधार देखिएको छ, जसले बजारमा सामान्य सकारात्मक बहाव कायम रहेको संकेत गर्छ।