पत्रकार तथा रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ आइतबार काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँस्थित आफ्नै घरमा मृत फेला परेका छन्। काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
“घटनास्थलको मुचुल्का र प्रारम्भिक कानुनी प्रक्रिया सम्पन्न भइसकेको छ,” एसपी भट्टराईले बताए, “अब शवलाई पोष्टमार्टमका लागि पठाइनेछ।”
खनियाँले केही महिनाअघि घर बिक्री गरे पनि उनी परिवारसहित त्यहीँ बस्दै आएका थिए। थापागाउँस्थित भवनमै रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। परिवारमा श्रीमती र एक छोरी छन्।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।







प्रतिक्रिया