नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो।
गत छ दिनमा सुनको भाउ करिब ११ हजार रुपैयाँले घटेको छ। कात्तिक २७ गते प्रतितोला २ लाख ५० हजार २ सय मा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको मूल्य इतिहासकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ पनि घट्यो
चाँदीको मूल्य मंगलबार तोलामा ६५ रुपैयाँले घट्दै प्रतितोला ३०९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको भाउ ३१५५ रुपैयाँ थियो।
असोज ३१ गते चाँदीको मूल्य प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ।









प्रतिक्रिया