राजविराज — भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई लक्षित गर्दै सप्तरीका सबै सीमावर्ती नाका आइतबार रातिदेखि तीन दिनका लागि बन्द हुने भएका छन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलले सार्वजनिक सूचना जारी गर्दै भारतको निर्वाचन अवधिमा सुरक्षाका दृष्टिले नाका बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
उनका अनुसार कात्तिक २३ गते राति १२ बजेदेखि कात्तिक २५ गते राति १२ बजेसम्म सप्तरीसँग जोडिएका भारतका मधुवनी र सुपौल जिल्लासँगका सबै नाकाबाट आवतजावत निषेध गरिनेछ।
जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार, उक्त अवधिमा मानव तस्करी, अवैध कारोबार र आपराधिक गतिविधि रोकथाम गर्न कडाइका साथ सीमा सुरक्षाको निगरानी गरिनेछ।









प्रतिक्रिया