शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन सुनको मूल्य २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो। अघिल्लो दिन पनि सुनमा समान ६ सय रुपैयाँको वृद्धि भएको थियो। पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
यसअघि असोज ३१ गते सुनको मूल्यले इतिहासमै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुग्ने रेकर्ड बनाएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो दिन ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ प्रतितोला पुगेको छ। असोज ३१ गते चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ प्रतितोला पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।







प्रतिक्रिया