काठमाडौं — अमेरिकी अटोमोटिभ र स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलोन मस्कका लागि एक ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।
यो कुनै पनि कर्पोरेट कम्पनीका सीईओका लागि इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेज मानिएको छ।
टेस्लाले बिहीबार आयोजित वार्षिक साधारणसभामा ७५ प्रतिशत शेयरधारकले मस्कको पक्षमा मतदान गरेको जनाएको छ।
गत केही दिनयता टेस्लाको बोर्ड, मस्क स्वयं र खुद्रा लगानीकर्ताहरूले मस्कको तलब प्याकेज अनुमोदनका लागि अभियान चलाइरहेका थिए।
तर, उक्त तलब प्याकेज प्राप्त गर्नका लागि मस्कले टेस्लाको बजार मूल्य वृद्धि गर्ने, सुस्त भइरहेको विद्युतीय सवारीसाधन व्यवसायमा नयाँ उचाइ ल्याउने, साथै रोबोट्याक्सी र अप्टिमस रोबोटिक्स परियोजनाका लक्ष्यहरू पूरा गर्नुपर्ने शर्त राखिएको छ।









प्रतिक्रिया