काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेकी छिन्।
सामाजिक सञ्जालमार्फत उनले नाम दर्ता गर्नका लागि अब नौ दिन मात्र बाँकी रहेको जानकारी दिँदै निर्वाचनमा सहभागिताका लागि तयारी गर्न अपिल गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले लेखेकी छिन्,
‘तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी!’
निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम लेखाउने अन्तिम मिति कात्तिक ३० तोकिएको छ। आयोगले पनि योग्य सबै नागरिकलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ।









प्रतिक्रिया