काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
भेटवार्ता संयोजक दाहालको हात्तीवनस्थित निवासमा भएको हो। नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार, उनीहरूबीच मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति र कम्युनिष्ट एकता सम्बन्धी विषयमा विस्तृत छलफल भएको छ।
दुवै नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र वाम शक्तिहरूबीचको सहकार्य सुदृढ गर्ने विषयमा पनि मत विनिमय भएको बताइएको छ।









प्रतिक्रिया