काठमाडौँ — रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ भएको विरोधमा आवेदकहरू आन्दोलनमा उत्रिएका छन्।
भाषा र सीप परीक्षा पास गरेर दुई वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएका युवाहरूले बिहीबार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन्।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएका थिए, जसमध्ये १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तर, तीमध्ये अधिकांश आवेदकहरूको करार सम्झौता नहुँदा कोरिया जान पाएका छैनन्।
आन्दोलनकारीहरूको माग छ— सरकार र कोरियाली पक्षले नयाँ विज्ञान र परीक्षा लिनुभन्दा पहिले पुराना पास भएका कामदारहरूलाई प्राथमिकता दिएर पठाउनुपर्ने।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत अदक्ष नेपाली कामदार लैजान थालेको हो। हाल कोरियामा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका छन्।









प्रतिक्रिया