काठमाडौं — नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा मुख्य रूपमा महामन्त्री गगन थापाले प्रस्ताव गर्ने भनिएको नियमित महाधिवेशन तालिकामै केन्द्रित छलफल हुने बताइएको छ।
यसअघि बिहीबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का कार्यतालिका पेस गर्ने विषयमा तयार नभएपछि महामन्त्री थापाले बैठक बहिष्कार गरेका थिए।
पार्टी स्रोतका अनुसार आजको बैठकमा पनि सहमति नभए थापाले पुनः बैठक बहिष्कार गर्ने या बैठकमा उपस्थित भएर सभापतिसँग समय लिएर आफ्नो भनाइ राख्ने क्रममा नै तालिका सुनाएर निस्कने तयारी गरेका छन्।
नेपाली कांग्रेसभित्र पछिल्लो समय नियमित महाधिवेशनको कार्यतालिका र समयसीमालाई लिएर शीर्ष नेताहरूबीच मतभेद तीव्र बनेको छ।









प्रतिक्रिया