खराब मौसमका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द, भद्रपुर खुल्ने क्रममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — लगातारको वर्षा र कम दृश्यता (भिजिबिलिटी) का कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएका छन्। भद्रपुर विमानस्थल भने सञ्चालनमा ल्याउने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

हिजोदेखि जारी वर्षाका कारण देशभर हवाई यातायात प्रभावित भएको छ। विभिन्न एयरलाइन्स कम्पनीहरूले उडान तालिका संशोधन गरेका छन् भने धेरै उडानहरू स्थगित भएका छन्।

उडान स्थगित हुँदा यात्रुहरू लामो प्रतीक्षामा बस्न बाध्य भएका छन्। हवाई यातायात अवरुद्ध भएपछि यात्रुहरू मर्कामा परेका छन्।

बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा समेत परेका कारण मध्य र पूर्वी भागमा वर्षा भइरहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ।