कालीमाटी बजारमा आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार, प्रमुख तरकारी र फलफूलका दर यसप्रकार छन् —

तरकारी:
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) रु २६, गोलभेँडा सानो (टनेल) रु ४३, आलु रातो (मुडे) रु ४८, आलु रातो (भारतीय) रु ३८, आलु सेतो रु ४०, प्याज सुकेको (भारतीय) रु ३७, गाजर (लोकल) रु ११०, बन्दा (तराई) रु ५५, काउली (स्थानीय) रु ६०, रातो मूला रु ६५, भन्टा डल्लो रु ४५, बोडी (तने) रु १२०, मटरकोसा रु २२०, घिउ सिमी (लोकल) रु १२०, लौका रु ६०, चिचिण्डो रु ४०, फर्सी पाकेको रु ७०, हरियो फर्सी (डल्लो) रु ४०, सलगम रु ९०, सखरखण्ड रु ८० र बरेला रु १२० निर्धारण गरिएको छ।

सागसब्जी र अन्य:
पिँडालु रु ८०, स्कूस रु १५, रायोसाग रु १२०, पालुङ्गो साग रु ११०, चमसुर रु १५०, तोरीको साग रु ८०, हरियो प्याज रु ८०, च्याउ (कन्य) रु १९०, च्याउ (डल्ले) रु ३००, कुरिलो रु ४५०, निगुरो रु ८०, ब्रोकाउली रु १८०, चुकुन्दर रु ७०, रातो बन्दा रु १८०, सेलरी रु ३००, पुदिना रु ६००, तोफु रु १४० र गुन्द्रुक रु ३०० कायम गरिएको छ।

फलफूल:
स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १४५, कागती रु १५०, अनार रु ३५०, सुन्तला (भारतीय) रु १५०, तरबुजा रु ७०, मौसम रु १८०, जुनार रु २५०, काँक्रो (लोकल) रु ८०, नास्पाती (चाइनिज) रु २४०, मेवा (भारतीय) रु १००, अम्बा रु १००, किबी रु ३००, सरिफा रु १२० र आभोकाडो रु ३५० तोकिएको छ।

मसला र अन्य वस्तुहरू:
अमला रु ८५, अदुवा रु १२०, सुकेको खुर्सानी रु ४००, खुर्सानी हरियो (अकबरे) रु १५०, हरियो धनियाँ रु ११०, लसुन (चाइनिज) रु २२०, लसुन (नेपाली) रु १६०, माछा सुकेको रु १०००, ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु २८०, (छडी) रु २३०, र सिताके च्याउ प्रतिकिलो रु १००० कायम गरिएको समितिले जनाएको छ।

कालीमाटी बजार विकास समितिले दैनिकरूपमा बजारमा आउने माग र आपूर्तिको अवस्थाअनुसार कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको छ।