एनपीएल लक्षित नेपाल टेलिकमको ५९९ रुपैयाँको अनलिमिटेड प्याकेज सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ५९९ रुपैयाँको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।

प्याकेजअन्तर्गत प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३३३ मिनेट अलनेट भ्वाइस कल र प्रतिदिन ८ जीबी डेटा पाउनेछन्। प्याकेजको अवधि ३० दिनको हुनेछ।

नेपाल टेलिकमका अनुसार यो प्याकेज कात्तिक १० देखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ। पोस्टपेड प्रयोगकर्ताले प्याकेज खरिद गर्दा लाग्ने शुल्क मासिक भाडामा समावेश गरिनेछ।

प्याकेज लिन ग्राहकले मोबाइलबाट १४१५९३ डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन्।

एनपीएलको तेस्रो संस्करणमा नेपाल टेलिकम आधिकारिक दूरसञ्चार साझेदारका रूपमा रहेको छ। कम्पनीले नेपाली खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।