कालीगण्डकी नदीमा आएको बाढीले पर्वतका विभिन्न क्षेत्रमा डुबान भएको छ। बाढीका कारण जलजला गाउँपालिका–८ मा करिब २५ घर बगेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार प्रभावित बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा जोखिम क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको छ।
बिहादी गाउँपालिका–६ स्थित सेतीबेणी क्षेत्र पनि नदीको पानीको सतह बढेपछि डुबानमा परेको छ। हाल पानी पर्न रोकिए पनि उद्धार तथा व्यवस्थापनको काम जारी छ।
अहिलेसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ। क्षतिको थप विवरण संकलन भइरहेको छ।







प्रतिक्रिया