विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गर्दै ‘द क्राउन वी अर्न’ थिम प्रस्तुत गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। क्लबले यो जर्सीलाई कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काउने प्रतीकका रूपमा व्याख्या गरेको छ। क्लबका अनुसार, जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई जनाउने सात रेखा समावेश गरिएको छ, जसले एकता, शक्ति र गतिशीलतालाई प्रतिनिधित्व गर्छ। त्यस्तै, त्रिकोणीय प्याटर्नले साहस र दृढता जनाउँछ भने काँधमा रहेको एपाउलेटले नेतृत्व र गर्वको प्रतीक प्रस्तुत गर्छ।

द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार गरिएको यो जर्सीबारे क्लबले भनेको छ —

“यो केवल खेल पोशाक होइन, पहिचान, उत्साह र गर्वको प्रतीक हो। खेलाडीका लागि यो कवचजस्तै, समर्थकका लागि आशाको ध्वजाजस्तै हो।”

विराटनगर किङ्स कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो। टोलीले विदेशी खेलाडीका रूपमा
फाफ डुप्लेसी (दक्षिण अफ्रिका), जर्ज मन्से (स्कटल्याण्ड), साम हिजलेट (अस्ट्रेलिया), मार्टिन गप्टिल (न्युजिल्यान्ड)मर्चेन्ट डे लाङ (दक्षिण अफ्रिका) लाई अनुबन्ध गरेको छ। मार्की खेलाडी सन्दीप लामिछाने सहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरिएको छ। त्यस्तै, अक्सनमार्फत सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी, र विशलिस्टबाट शर्वन किस्कु र शंकर रानालाई अनुबन्ध गरिएको छ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने तय गरिएको छ।