गत भदौ १० गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।
बाढी गएको १३ औँ दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्रिय शोक मनाएको हो।
भदौ १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले आज अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।
सरकारको सोही निर्णयअनुसार आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
यस्तै, विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा पनि राष्ट्रिय झण्डा आधा झुकाएर दिवंगत नागरिकहरूप्रति सम्मान व्यक्त गरिएको छ।
भोटेकोसी बाढीमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।







प्रतिक्रिया