सुदूरपश्चिम रोयल्सले दोस्रो एनपीएल ट्रफी टूर सम्पन्न गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टूर सफलतापूर्वक सम्पन्न गरेको छ।

हजारौं समर्थकको उपस्थितिमा गरिएको ट्रफी टूरमा टोलीले सुदूरपश्चिमका प्रमुख धार्मिक र पर्यटकीय स्थलहरू प्रदक्षिणा गरेको थियो।दुई दिनसम्म चलेको टूरको पहिलो दिन खड्क चोकबाट सुरु भई चिसापानी पुल, लम्की चोक, घोडाघोडी ताल, दोधारा चाँदनी पुल हुँदै महेन्द्रनगरमा सम्पन्न भएको थियो।दोस्रो दिन शनिबार धनगढीस्थित सिद्धार्थ बैंकबाट सुरु भएको ट्रफी यात्रा चौराह चोक हुँदै कभर्डहल र अत्तरिया चोकमा प्रदर्शन गरी सम्पन्न गरिएको थियो। शुक्रबार धनगढीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी अनावरण गरेका थिए। टूरमा टोलीका मुख्य प्रशिक्षक जगत टमटा, ब्रान्ड एम्बेसडर दीपक विष्ट, खेलाडी नरेन साउद, इशान पाण्डे, विनोद भण्डारी लगायत सहभागी थिए। साथै, कलाकार चक्र भाम र डीएनयक्सले अफिसियल एन्थम र फ्यान एन्थम प्रस्तुत गरेका थिए।सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्।