चलचित्र विकास बोर्डले सार्वजनिक गरेको गत साताको नेपाली बक्स अफिस रिपोर्टअनुसार फिल्म ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। बैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले हालसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ कमाइ गर्दै १ लाख ९६ हजार ४०६ टिकट बिक्री गरेको छ।
बैशाख ११ गतेदेखि प्रदर्शनरत ‘परालको आगो’ ले पनि उल्लेख्य व्यापार गर्दै ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ कमाइ गरेको छ। फिल्मका १ लाख ५३ हजार ९२६ टिकट बिक्री भएका छन्।
यता, रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’ ले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। फिल्मले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ कमाइ गर्दा १६ हजार १३७ टिकट मात्रै बिक्री भएका छन्। साथै, ‘गुरु आमा’ ले २९ लाख ४२ हजार ४७६ रुपैयाँ, ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार रुपैयाँ र ‘एक मुठ्ठी बादल’ ले ५ लाख २१ हजार रुपैयाँ कमाइ गरेको रिपोर्टमा उल्लेख छ।









प्रतिक्रिया