काठमाडौँ — व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी रहेको छ।
भट्टको तर्फबाट उनकी श्रीमती आयुष्मा नेपाल र अग्रवालको तर्फबाट पिता शंकरलाल अग्रवालले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ।
उनीहरूमाथि हिमालयन रि-इन्स्योरेन्ससहित विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग, उधारोमा सेयर कारोबार, इन्साइडर ट्रेडिङ तथा बजार मूल्य प्रभावित पार्ने कार्य गरेको आरोप छ। सोही आधारमा धितोपत्र सम्बन्धी ऐन तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।
यसअघि सोही प्रकरणमा पक्राउ परेका व्यवसायी शेखर गोल्छा सर्वोच्च अदालतको परमादेशपछि हिजो रिहा भइसकेका छन्।
अदालतमा जारी सुनुवाइपछि बन्दीको कानुनी अवस्थाबारे थप निर्णय आउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया