भारतका पश्चिम बंगाल, आसाम, तमिलनाडु, केरलासहित पाँच राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक रुझानमा केही राज्यमा सत्ता परिवर्तनको संकेत देखिएको छ भने कतै पुरानै सरकार दोहोरिने सम्भावना देखिएको छ।
पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले सुरुवाती अग्रता लिएको छ। २९४ सिटमध्ये प्रारम्भिक गणनामा भाजपाले १४८ सिटमा अग्रता बनाएको छ भने सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी) पछि परेको देखिएको छ। यहाँ दुई चरणमा मतदान भएको थियो।
आसाममा पनि भाजपा बलियो स्थितिमा देखिएको छ। १२६ सिटमध्ये अधिकांशमा अग्रता बनाउँदै मुख्यमन्त्री हिमन्ता विश्वा सरमा नेतृत्वको भाजपा पुनः सरकार बनाउने दिशामा अघि बढेको संकेत देखिएको छ।
तमिलनाडुमा २३४ सिटका लागि भएको निर्वाचनमा प्रारम्भिक रुझानअनुसार टीभीके ले करिब १०० सिटमा अग्रता बनाएको छ। यद्यपि सत्तारुढ डीएमके र अन्य दलबीच प्रतिस्पर्धा कायमै छ।
केरलालगायत अन्य राज्यहरूमा पनि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्नेछ। प्रारम्भिक रुझानले केही राज्यमा कडा प्रतिस्पर्धा देखाएको छ भने केहीमा स्पष्ट बहुमततर्फ दलहरू अघि बढिरहेका छन्।









प्रतिक्रिया