२० कात्तिक, काठमाडौं । कृषि विकास बैंक लिमिटेड ले आफ्ना सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकको सञ्चालक समिति बैठकले निर्णय गरेअनुसार, घोषित लाभांशमा ९.७५ प्रतिशत नगद लाभांश (करसहित) र ३.२५ प्रतिशत बोनस सेयर रहेको छ।
त्यसैगरी बैंकले नेपाल सरकारको अग्राधिकार सेयर पूँजीमा ६ प्रतिशत नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको छ।
बजारमा हाल कृषि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ रहेको छ।
बैंकले गत वर्षहरूमा जस्तै यसपालि पनि लाभांश वितरणका लागि राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै लाभांश वितरण गर्ने जनाएको छ।









प्रतिक्रिया