१४ कात्तिक, काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनीहरूलाई स्थानहद तोक्नुको कारण पेश गर्न सरकार र जाँचबुझ आयोगलाई आदेश जारी गरेको हो।
अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्ने निर्णय संविधान र कानुनविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
जेन–जी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन गरिएको आयोगको सिफारिसमा सरकारले ओली, लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई अनुमतीबिना उपत्यका छाड्न नदिने निर्णय गरेको थियो।
त्यस्तै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीमाथि पनि स्थानहद तोकिए पनि सरकारी कामकाजका कारण उनको स्थानहद फुकुवा गरिएको जनाइएको छ।







प्रतिक्रिया