काठमाडौँ – जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूको पासपोर्ट कालोसूचीमा राखिएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार भदौ २४ गते कारागारबाट भागेका ४ हजार ७९५ जना कैदीबन्दीको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको हो।
तीमध्ये ४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिक रहेका छन्।
जेनजी प्रदर्शनका क्रममा कुल १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ९ हजार ४५३ जना पुनः कारागारमा फर्किएका छन्।
न्यौपानेले भने, “कतिपय आफैं फर्किएका छन् भने कतिपयलाई प्रहरीले नियन्त्रणमा लिएर कारागारमा पु¥याएको छ।”
उनका अनुसार हाल पनि ५ हजार १ सय ७४ जना कैदीबन्दी, जसमा बालसुधार गृहका बालबिज्ञानीकर्ता पनि छन्, अझै फरार अवस्थामा रहेका छन्।







प्रतिक्रिया