कैलालीमा १७ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा एक पुरुष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली — १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३४ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बहुलियाका अनुसार पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो।

घटनासम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।