मतदाता परिचयपत्र नभए पनि यी कागजात भए मतदान गर्न पाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएको अवस्थामा पनि निश्चित सरकारी कागजात भए मतदान गर्न पाइने स्पष्ट गरेको छ ।

आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्ति भए आवश्यक सरकारी कागजातका आधारमा मतदान गर्न सकिने जनाएको हो ।

आयोगका अनुसार मतदान गर्नका लागि सबैभन्दा पहिला मतदाता नामावलीमा नाम दर्ता भएको हुन अनिवार्य छ । सामान्यतया मतदानका क्रममा मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने भए पनि परिचयपत्र नभएको वा हराएको अवस्थामा अन्य वैकल्पिक कागजात प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जामध्ये कुनै एक सक्कल कागजात लिएर मतदान गर्न सकिने आयोगले जनाएको छ ।

आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदातालाई आवश्यक कागजात साथमा लिएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।