निर्वाचन तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीको दलहरुसँग आज बालुवाटारमा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छिन्। छलफल आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका शीर्ष नेताहरूलाई आमन्त्रित गरिएको छ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी युवा आन्दोलन’पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। भदौ २७ गते गठन भएको सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ।

हाल पुराना दलहरूप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागिरहेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलका नेताहरूसँग निर्वाचनसम्बन्धी छलफल गरेका थिए।