सनी देओल, वरूण धवनको ‘बोर्डर २’ नेपालमा सफल, ९ दिनमा २.२१ करोड आम्दानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सनी देओल, वरूण धवन, दिलजीत दोसाँझ र अहान सेट्टीलगायत कलाकारहरूको अभिनय रहेको फिल्म ‘बोर्डर २’ ले नेपालमा प्रदर्शनको ९ दिन (शनिबारसम्म)मा २ करोड २१ लाख ९३ हजार ९१० रुपैयाँ आम्दानी गरेको छ।

चलचित्रले ६९ हजार ६६ वटा टिकट बिक्री गरेको जानकारी चलचित्र विकास बोर्डले आइतबार सार्वजनिक गरेको बक्स अफिस विवरणमा उल्लेख गरिएको छ।

भारतमा भने अनुराग सिंह निर्देशित यो फिल्मले २५० करोड भारूभन्दा बढी आम्दानी गरेको छ। ‘बोर्डर २’ भारत–पाकिस्तान युद्धको पृष्ठभूमिमा आधारित फिल्म हो, जसका निर्माता भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता रहेका छन्।