हरिवंश आचार्यको फिल्म ‘भूठान’ अमेजन ओटीटीमा रिलिज, उत्तर अमेरिकामा हेर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलाकार हरिवंश आचार्यको शीर्ष भूमिका रहेको नेपाली फिल्म ‘भूठान’ अमेजन ओटीटी प्लेटफर्ममा रिलिज भएको छ। ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ अंग्रेजी नाममा सार्वजनिक गरिएको यो फिल्म हाल अमेजनका उत्तर अमेरिकी टेरिटोरीका दर्शकले हेर्न सक्नेछन्।

अमेजनले आगामी दिनमा यो फिल्म विश्वका अन्य टेरिटोरीमा पनि उपलब्ध गराउने योजना बनाएको जनाइएको छ। फिल्म गत वैशाखमा नेपालका हलहरूमा रिलिज भएको थियो।

अमेरिकामा पुनर्वासमा पुगेका भुटानी शरणार्थीहरूले आफ्नो पहिचान र संस्कृति संरक्षणका लागि गर्ने संघर्षको कथा प्रस्तुत गर्ने फिल्ममा हरिवंश आचार्य शीर्ष भूमिकामा देखिएका छन्। फिल्मले विस्थापन, पहिचान र मानवीय संवेदनालाई प्रभावशाली ढंगले उजागर गरेको छ।

फिल्ममा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोयश पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीलगायत कलाकारहरूको अभिनय रहेको छ। साथै हलिउड अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिका निर्वाह गरेका छन्।

विनोद पौडेलको निर्देशनमा बनेको फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट र एभरेस्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेका हुन्।