महिला टी–२० विश्वकप क्वालिफायरमा उत्कृष्ट नेपाली खेलाडीलाई नगद पुरस्कार घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठका अनुसार प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार रुपैयाँ र सर्वाधिक विकेट लिने खेलाडीलाई ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

श्रेष्ठले महिला खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको गौरव बढाइरहेको उल्लेख गर्दै यस्ता प्रोत्साहनले खेलाडीको आत्मविश्वास वृद्धि हुने र अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ‘महिला क्रिकेट अहिले विश्वस्तरमै तीव्र रूपमा अघि बढिरहेको छ। यस्तो अवस्थामा हाम्रा खेलाडीलाई सम्मान र हौसला दिनु हाम्रो दायित्व हो,’ उनले भने।

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर आगामी माघ ४ देखि १८ गतेसम्म काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ। उक्त प्रतियोगितामा सहभागी नेपाली महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।