यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका तीन वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन्। नोबेल पुरस्कार समितिका अनुसार ‘मेटल-अर्ग्यानिक फ्रेमवर्क’ (MOF) विकास गरेकाले जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो।
समितिले जनाए अनुसार तिनै वैज्ञानिकले ‘मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन्। धातु आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता सूक्ष्म प्वालयुक्त संरचना नै ‘एमओएफ’ हो, जसको प्रयोग वातावरण शुद्धीकरणसहित विभिन्न वैज्ञानिक तथा औद्योगिक प्रयोजनमा गर्न सकिन्छ।
यसअघि नोबेल समितिले सोमबार चिकित्साशास्त्र र मंगलबार भौतिकशास्त्रतर्फका विजेताहरूको नाम घोषणा गरिसकेको छ। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमबार अर्थशास्त्रतर्फका नोबेल विजेताको नाम सार्वजनिक गरिनेछ।









प्रतिक्रिया