राष्ट्रपति पौडेलद्वारा ३०४औँ पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्दा नेपाली सेनाको एक टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। आयोजित समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको स्मरण गरिन्छ। यस अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्।

यस वर्ष पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ।