राष्ट्रियसभा निर्वाचन: जसपा नेपालले महन्थ ठाकुरलाई समर्थन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा महन्थ ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने सहमति भएको थियो । दुवै दल एकीकरणमा गएपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा उम्मेदवारका रूपमा अघि सारेको हो । एकता हुनुअघि महन्थ ठाकुर लोसपाका अध्यक्ष थिए ।

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । उक्त तालमेलअनुसार राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसले ९, नेकपा एमालेले ८ र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ ।

सहमति बमोजिम कांग्रेस र एमालेले पनि आफ्ना उम्मेदवार चयन गरिसकेका छन् ।