सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा विजया दशमीमा काव्य गोष्ठी र शुभकामना आदानप्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — सुनकोशी वाङ्मय प्रतिष्ठानले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा काव्य गोष्ठीको आयोजना गरेको छ। जेन जी आन्दोलनपछिको बदलिएको सामाजिक-राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै कविहरूले समसामयिक कविताहरु प्रस्तुत गरे।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए भने वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कविहरूले राजनीतिक रुपान्तरण, समाज सुधार, देशप्रेम, आम मानिसका पीडा, निराशा, सामाजिक विकृति, पर्यावरण संरक्षण लगायतका विषयमा आफ्ना कविता सुनाएका थिए।

कार्यक्रममा कविहरूमा मणि लोहनी, श्रीबाबु कार्की, तारा केसी, पूर्ण बहादुर श्रेष्ठ ह्रदयङ्कृत, मधु पाठक, विश्व सिग्देल, बोधराज पौडेल, सुमन सौरभ, ध्रुवराज थापा ‘पुरुष’, दिपक चौलागाई, गंगा थापा, एलिशा ढुंगाना, राजीव श्रेष्ठ र सरस्वती चिमोरिया लगायतका कविहरूले सहभागिता जनाए।

साथै वरिष्ठ साहित्यकार रोदन, पवन आलोक, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला, उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती लगायतले दशैँको शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन महासचिव प्रदीप सापकोटा र स्वागत मन्तव्य सदस्य पूर्ण बहादुर श्रेष्ठले गरेका थिए। आमन्त्रित अतिथिहरूलाई चि:वहाल परिवारका राष्ट्रमान तुलाधरले खादा लगाएर स्वागत गरेका थिए।