बीसीसीआईको निर्देशनपछि केकेआरले मुस्तफिजुर रहमानलाई टिमबाट बाहिर राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई टिममा सहभागी नगराउन निर्देशन दिएको छ। बीसीसीआईका सचिव देवजीत सैकियाले हालैका घटनाक्रमलाई ध्यानमा राख्दै रहमानलाई स्क्वाडबाट रिलिज गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। यदि केकेआरले उनको स्थानमा नयाँ खेलाडीको माग गरेमा बीसीसीआईबाट अनुमति दिइने पनि उनले बताएका छन्।

बंगलादेशमा एक हिन्दु युवकको हत्या भएपछि भारतमा मुस्तफिजुर रहमानलाई लिएर विरोध सुरु भएको हो। भारतका सत्तारूढ भाजपा नेता तथा केही हिन्दु धर्मगुरुहरूले केकेआरले रहमानलाई टिममा समावेश गरेको भन्दै आपत्ति जनाएका छन्। यस क्रममा केकेआरका संयुक्त मालिक बलिउड सुपरस्टार शाहरुख खानलाई ‘देशद्रोही’सम्म भनिएको छ।

यद्यपि, कांग्रेसका केही नेताहरूले शाहरुख खानमाथि लगाइएका आरोपको विरोध गर्दै यसलाई भारतको बहुलतावादी समाजमाथिको आक्रमणको रूपमा व्याख्या गरेका छन्।