धादिङ — त्रिपुरासुन्दरी गाउँपालिका ५, थापा कटेरीमा ५५ वर्षीया राममाया कडेँलको हत्या भएको छ। घटनास्थलमा मृतकको टाउको खुडा प्रहारबाट छुट्टिएको अवस्थामा फेला परेको धादिङका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिनुभयो। घटना गए राति करिब १० बजे भएको बताइएको छ।
हत्या आरोपमा राममायाकी छोरी यमबहादुर कडेँललाई नियन्त्रणमा लिइएको छ। घटनापछि यमबहादुरले छिमेकिहरूलाई पनि खुडा देखाएर तर्साएको प्रहरीले जनाएको छ। स्थानीय चौकी, सल्यान्टार प्रहरी चौकी र जिल्लाबाट पुगेका प्रहरीले उनलाई घरमै नियन्त्रणमा लिएका थिए।
अहिले शव पोस्ट्मर्टमका लागि सदरमुकाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।







प्रतिक्रिया