काठमाडौँमा प्रिमियर इन्टरनेसनल IB Continuum Schoolले नेपालमा पहिलो डिप्लोमाथन विश्व सङ्गोष्ठी आयोजना गरेको छ। विश्वका राजदूत, नीति निर्माताहरू र नेतृत्वकर्ताको भूमिकामा विद्यार्थीहरूले दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय बहस तथा नीति निर्माण कार्यक्रममा सहभागिता जनाए।
उपत्यका भित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूले प्रिमियरको परिसरलाई दुई दिनका लागि जीवित संवाद, बहस र विचार आदानप्रदानको केन्द्रमा रूपान्तरण गरे। विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई–कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटनजस्ता विषयमा बहस र प्रस्ताव पेस गरे। कतै जोसिला भाषणहरू, कतै रोचक बहस र आकस्मिक सङ्कट समाधान अभ्यासले विद्यार्थीहरूको सोच, सृजनशीलता र नेतृत्व क्षमतालाई अझ निखारे।
कार्यक्रमको समापनमा प्रिमियरका विद्यार्थीहरूले सबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै समग्र उत्कृष्ट प्रतिनिधिमण्डलको पुरस्कार हात पारे। विजेता विद्यार्थीहरूमा दार्शनीका न्यौपाने, शाइरा श्रेष्ठ बताजु, असोस पुरी, आश्रय अग्रवाल, रुचिका खड्गी, अनुज के. घिमिरे, प्रिशा कर्माचार्य, हृदिमा अग्रवाल, शिवाय अग्रवाल र आरोन श्रेष्ठ रहेका छन्।
समापन समारोहमा प्रिमियरकी शैक्षिक निर्देशक प्रवीणा थापाले प्रिमियर सधैँ जोखिम लिन र नयाँ काम सुरु गर्न तयार रहने संस्था भएको उल्लेख गर्दै विद्यार्थीहरूको उत्साह, सृजनशीलता र नेतृत्व क्षमतामा गर्व व्यक्त गरिन्।









प्रतिक्रिया